बिहीबार, १३ वैशाख २०८१

एभरेष्ट बैंकको प्रमुख कार्यकारीमा सोमेश्वर सेठ नियुक्त

समयपोष्ट २०७३ कार्तिक १९ गते ११:२६

एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। 
बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 
प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नुअघि नै उनले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई औपचारिक भेट गरिसकेका छन् । 
 एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । बैंकले प्रमुख कार्यकारी र डिजिएम पिएनबीबाटै ल्याउने गरेको छ । 
 नयाँ प्रमुख कार्यकारी आएसँगै एभरेष्ट बैंकको पुँजी बृद्धि योजना अगाडि वढ्ने छ । आगामी असार मसान्तभित्र ८ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने बैंकसँग अहिले जम्मा दुई अर्ब ७४ करोड रुपैयाँ मात्र छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री