बिहीबार, १३ वैशाख २०८१

राष्ट्रपति मुखर्जीको जनकपुरमा अभिनन्दन,२१ तोपको सलामी सहित आजै बिदाई गरिने

समयपोष्ट २०७३ कार्तिक १९ गते ७:२७

 नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिक स्थल जनकपुर पुगेका छन्। काठमाण्डुबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै जनकपुर पुगेका हुन । जनकपुरमा उनलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाइँले स्वागत अभिवादन गरेका थिए ।
राष्ट्रपति मुखर्जीले अहिले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । साथै, उनको सम्मानमा जनकपुरवासीद्वारा प्रदान गरिने नागरिक अभिनन्दन ग्रहणसमेत गर्ने कार्यक्रम रहेको छ ।
 राष्ट्रपति मुखर्जी जनकपुरबाट १२ः३० मा पोखरा र पोखराबाट ३ः४५ मा काठमाडौं आएर पुनः काठमाडौंबाट ५ः१५ बजे दिल्ली जाने कार्यक्रम छ । उनलाई त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा राजकीय सम्मान सहित बिदाई गर्न लागिएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एक्काइस तोपको सलामी सहित बिदाई गरिने भएको छ । गत बुधबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको टोलीले २१ तोपको सलामी ९गार्ड अफ अनर० प्रदान गरी सम्मान गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री