शनिबार, १५ वैशाख २०८१

पूर्वी नेपाल पुग्यो  एनएमबी बैंकको एक घर एक खाता अभियान

समयपोष्ट २०७३ कार्तिक १९ गते ३:४३

 एनएमबी  बैंकले साउनदेखि थालेको ‘एक घर एक खाता’ अभियान पश्चिम नेपालमा सकेर अब पूर्वी  नेपालमा पुगेको छ । वित्तीय प्रणालीबाटै कारोबार गर्न, वित्तीय साक्षरता वृद्धि गर्न र बचत गर्ने बानीको विकास गर्न योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए ।

Advertisement

“बचत नगर्दा अहिले विदेशबाट कमाएर पठाएको पैसा दुरुपयोग हुने गरेकाले वित्तीय संस्थाबाटै कारोबार गर्ने बानी बसाल्न अभियान थालिएको हो,” इटहरीमा बिहीबार बैकले आयोजना गरेको पत्रकार सम्मेलन उनले भने । 
पूर्वमा इटहरी, लेटाङ, पथरी, उर्लाबारी, दमक, झिलझिले र भद्रपुरमा एक घर एक खाता योजना सञ्चालन गरिने बैंकले जनाएको छ । यी स्थानमा योजना सञ्चालन गर्दा अभियानको प्रवद्र्धक नेपाली चलचित्रका नायक राजेश हमाललले खाताको महत्वको बारेमा प्रष्ट पारि खाता खोल्न प्रेरित गर्ने कार्यक्रम रहेको जनाइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री