शुक्रबार, १६ चैत २०८०

बनाइनसक्दै भाँचियो ८० वर्ष टिक्ने भनेको पुल

समयपोष्ट २०७८ मंसिर १२ गते १५:१२

Advertisement

पाँच करोड बढीको लागतमा भोजपुरको कावा खोलामाथि निर्माण भइरहेको पुल बन्दाबन्दै भत्किएको छ ।

हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।

८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी डिजाइन भएको पुल बनिनसक्दै भाँचिएको हो । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो पुल १२ फागुन २०७६ मा शिलान्यास गरिएको थियो । पुल ढलानपछि टेकाले थाम्न नसकेर भाँचिएको हो ।

असार २०७७ सम्ममा नै बनाइसक्ने गरी बनाउन शुरु गरिएको पुल ४५ मिटर लामो, ६ मिटर चौडाइको थियो । पुलमा दुवैतर्फ एक दशमलब २० मिटर पैदल यात्रु हिँड्ने स्पेस पनि बनाइएको थियो । केवल ट्रस, खुला फाउन्डेसनको १ मात्रै स्पानमा बनिरहेको पुलको दुवैपट्टि पक्की पिलर बनाएर ट्रस जडान गर्नुपर्ने थियो ।

पुल बनेपछि भोजपुर सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच बन्ने आशा स्थानीयवासीमा थियो । जोखिम मोलेर यात्रा गर्दै आएका उनीहरुको आशा पुल भत्किएसँगै भत्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री