बुधबार, १२ वैशाख २०८१

भारतीय महावाणिज्य दूतावासद्वारा आजादी का अमृत महोत्सवको अवसरमा प्यानल छलफलको आयोजना

समयपोष्ट २०७८ मंसिर ११ गते ११:४४

Advertisement

आजादी का अमृत महोत्सव (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगंजद्वारा “लोकतंत्र के विशेष संदर्भ में शासन में संविधान की प्रासंगिकता” विषयमा प्यानल छलफल नोभेम्बर २६, २०२१ मा क्लार्क्स रिसोर्ट्स, वीरगन्जमा आयोजना गरियो।

प्यानलका सदस्यहरूले संविधानका विशेषताहरू जस्तै तटस्थता, समावेशीता, परिमार्जनशीलता, प्रगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकारको संरक्षणको प्रत्याभूति इत्यादि प्रकाश पारेका थिए। १२१५ को म्याग्नाकार्टादेखि २०१५ को नेपालको संविधानसम्मको संविधानको इतिहासलाई प्रतिबिम्बित गर्दै लोकतन्त्रको सफलताको लागि संविधान महत्वपूर्ण औजार भएको विवेचना गरिएको थियो । बलियो लोकतन्त्रको संविधानले यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नियन्त्रण र सन्तुलन राख्ने र यसले लोकतन्त्रको फलिफाप र सफलता सुनिश्चित गर्ने प्यानलका सदस्यहरूले धारणा राखे । भारतको संविधानमा जोड दिँदै, प्यानलका सदस्यहरूले नेपालले पनि यसबाट केही प्रावधानहरू जस्तै समावेशीता, प्रगतिशीलता, जनताको मौलिक अधिकारको सम्मान र न्यायपालिकाको सर्वोच्चता इत्यादि अंगिकार गर्न सक्ने सुझाव दिए ।

कन्सुल जनरल नितेश कुमारले यस विषयमा विभिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद दिए। उनले संविधानले प्रदान गरेको अधिकारको संरक्षणका साथै नागरिकले कर्तव्यको पालना गर्दै यसमा व्यवस्था गरिएका उचित बन्देजको कदर गर्नुपर्ने बताए ।
कार्यक्रमको संचालन श. भु. कुमार, कन्सुल (आईसीएस) द्वारा गरिएको थियो भने प्यानललाई धन्यवाद ज्ञापन शैलेन्द्र कुमार, कन्सुल (पीसीएस)ले प्रस्तुत गरेका थिए ।

प्यानलमा मोनिका सिंह, सामाजिक कार्यकर्ता व्याख्याता, सुरेश कुमार, अध्यक्ष, साहु विचार मञ्च, रक्सौल; लक्ष्मी कर्ण, व्याख्याता (अर्थशास्त्र), ठाकुर राम बहुमुखी क्याम्पस, वीरगन्ज; रामेश्वर सेढाई, अधिवक्ता, उच्च अदालत, हेटौंडा; विनोद गुप्ता, प्रिन्सिपल, वीरगन्ज कलेज, वीरगन्ज; पन्नालाल गुप्ता, अधिवक्ता, जिल्ला अदालत, वीरगन्ज; प्रोफेसर अनिल कुमार सिन्हा, प्रिन्सिपल, एसकेजीसी, सीतामढी, बिहार; जगदीश शर्मा, अध्यक्ष, प्रतीक प्रकाशन समुह प्रा. लि. र नितेश कुमार, भारतीय कन्सुल जनरल थिए । छलफलमा वीरगन्जका नागरिक समाजका चुनिंदा सदस्यहरु र वाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री