शुक्रबार, ७ माघ २०७८

एमालेमा पदाधिकारीको सङ्ख्या १५ बाट १९ पुर्‍याउने प्रस्ताव

समयपोष्ट २०७८ मंसिर ११ गते १०:१६

Advertisement

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ ।

गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन् । ती निकायमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक–एक, उपाध्यक्ष : छ, महासचिव एक उपमहासचिव तीन र सचिव सात हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री