शुक्रबार, १६ चैत २०८०

थप २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

समयपोष्ट २०७८ मंसिर १० गते १६:१२

Advertisement

देशभर थप २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री