मंगलबार, ११ वैशाख २०८१

बैंककका डाक्टरले नसक्ने भएपछि पूर्वमन्त्री पुनलाई थप उपचारका लागि लगियो चीन

समयपोष्ट २०७८ मंसिर १० गते ११:२३

Advertisement

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तलाई थप उपचारका लागि चीन लगिएको छ ।

विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराईरहेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो ।

पुनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा आज दिउँसोबाट उपचार थालिने छ ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् ।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले समेत थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए ।

काठमाण्डौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिएका छन् ।

बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री