शुक्रबार, ७ वैशाख २०८१

साङडोमा ब्लोन बनिन् मिस तामाङ वर्ल्ड

समयपोष्ट २०७८ मंसिर ९ गते १९:०५

Advertisement

‘मिस तामाङ वर्ल्ड २०२१’ उपाधि सिक्किमकी साङडोमा ब्लोनले जितेकी छन् ।

साधना कला केन्द्रको आयोजना रहेको प्रतियोगितामा उनले उत्कृष्ट ड्रेस, उत्कृष्ट हेल्थ, भ्यूअर्स च्वाइजसहित शीर्ष उपाधि जितेकी हुन् । ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउन लगायतका विभिन्न ट्रफीका साथमा नगद ५० हजार हात पारेकी छन् ।

बिभिन्न उप विजेता समेत छानिएको प्रतियोगितामा उत्कृष्ट कल्चर रविना थिङ, उत्कृष्ट टुरिजम सविता लो, उत्कृष्ट एजुकेशन प्रभा फुयूबा, उत्कृष्ट सोसल वेलफेयर रेनु तामाङ, उत्कृष्ट इन्भाइरमेन्ट, वेष्ट ट्यालेन्ट र वेष्ट पर्सनालिटी अप्रिला घिसिङले चुम्न सफल भइन् ।

त्यसैगरी वेष्ट इकोनोमी अलिसा तामाङ, पब्लिक च्वाइस निशा रुम्बाले चुम्न सफल भएका छन् । त्यस्तै वाइल्ड कार्डबाट इन्ट्री भएका टपटेन प्रतिस्पर्धाबाट वेस्ट फोटोजेनिकको अवार्ड अलिशा घिसिङ, वेष्ट डिसिप्लिन अस्तर थोकरले चुम्न सफल भए ।

समाजसेवी डीएनबहादुर तामाङ, बहादुर मोक्तान, केडी मोक्तान, डा.माधव मल्ल, डा.छिरिङ योञ्जन, आश्रा कुँवर, छिरिङ डोल्मा शेर्पा निर्णायक रहेको प्रतियोगिता तामाङ सुन्दरीहरुको प्रतिभा निखार्ने उदेश्यले आयोजना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री