शनिबार, ८ वैशाख २०८१

इलेक्ट्रिसिटी ग्रीड मोडर्नलाइजेसन प्रोजेक्टमा नेपाललाई एडीबीको साथ, ६० मिलियन अमेरिकी डलर ऋण सहायता दिने

समयपोष्ट २०७८ मंसिर ९ गते १६:५२

Advertisement

एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई ७ अर्ब ८ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।

बैंकले इलेक्ट्रिसिटी ग्रीड मोडर्नलाइजेसन प्रोजेक्ट (ईजीएमपी) का लागि नेपाल सरकारलाई ६० मिलियन अमेरिकी डलर अर्थात् ७ अर्ब ८ करोड नेपाली रुपैयाँ थप ऋण सहायता दिने भएको हो ।

ऋण सहायता सम्बन्धि भोलि अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका लागि नेपाल मिसन प्रमुख अरनदा काउचोसीबीच सम्झौता हुँदैछ ।

उक्त सम्झौतामा यता नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समेत सहभागिता रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री