बुधबार, १२ वैशाख २०८१

नेपाल एसबिआई बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ मंसिर ८ गते १५:२०

Advertisement

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.५० प्रतिशत बोनस शेयर तथा १.८१ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको छ। ३.५० प्रतिशतका दरले बानेस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री