शुक्रबार, १६ चैत २०८०

सिटी एक्सप्रेसद्धारा ‘सिटी आयो लखपति बनायो’ का पाँच विजेता घोषित

समयपोष्ट २०७८ मंसिर ३ गते १०:३६

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । एक्सप्रेसले कार्तिक
महिनाको विजेताको नाम घोषणा गरेको हो ।

योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेसले दशैं र तिहार तथा छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई १० हजार उपहार प्रदान गरेको छ ।

साथै हरेक महिना ५ जनालाई एक÷एक लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन् । कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री