बिहीबार, ६ वैशाख २०८१

स्वास्थ्यचौकी भवन निर्माण

समयपोष्ट २०७८ कार्तिक २७ गते ९:११

Advertisement

रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ ।

रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।

रामपुर नगरपालिकाको रु १४ लाख र ओकेबाजेको रु १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएपछि नयाँ भवन निर्माण गरिएको खालिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भवनको उद्घाटन गर्नुहँुदै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारमा नगरले जोड दिएको बताउनुभयो । नवनिर्मित भवनसंगै सुरक्षित मातृ सेवाको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । विसं २०५० मा स्थापना भएको यस स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री