बुधबार, ५ वैशाख २०८१

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०७८ कार्तिक १६ गते १७:२९

Advertisement

नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वािर्षक साधारण सभा (आ. व.२०७७/०७८) आज सम्पन्न गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्षसुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शेयरधनी महानुभावहरु भर्चुअल माध्यमबाट समेत सहभागिता र उपस्थितीमा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने रु. १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभाँस रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु भएको आ. व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८।०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ।

सर्वसाधारण शेयरधनी महानुभावहरुको बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभाँस वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगर्नु भएको भए अद्यावधिक गरी नगद लाभाँस प्राप्त गर्नु हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री