मंगलबार, ११ वैशाख २०८१

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

समयपोष्ट २०७८ कार्तिक १६ गते १०:२५

Advertisement

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ ।

कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याईएको ७३०००० कित्ता शेयर मध्ये १४६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६५०० कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको ६७८९०० (छ लाख अठहत्तर हजार नौ सय) कित्ता साधारण शेयरहरुको बाँडफाँड गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि २१८८७७८ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमवाटक ६७८९० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२३०००० (बाह्र लाख तीस हजार) कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५००००० कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४६०० कित्ता रसामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकिएको छ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री