शुक्रबार, १६ चैत २०८०

कहिले बाँडफाँट हुने भयो सामलिङ्ग पावरको आइपिओ ?

समयपोष्ट २०७८ कार्तिक १५ गते १६:५५

Advertisement

सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर मंगलबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान ८ः३० बजे शेयर बाँडफाँट गर्ने भएको हो ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयर २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयर माग भएको छ ।

यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९.६७ गुणा बढी हो ।

कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियाे ।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६७ हजार ८९० आवेदकले मात्रै शेयर पाउनेछन् । त्यस अनुसार करिब २२ लाख आवेदकले शेयर नपाउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री