बिहीबार, १५ चैत २०८०

उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण

समयपोष्ट २०७७ मंसिर १५ गते २०:३७

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ ।

आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले आज पदभार ग्रहण गर्नुभएको हो ।

महासङ्घका अनुसार, आजै बसेको केन्द्रीय कार्यकारिणी समितिले मतदान प्रक्रियाबाट कोषाध्यक्षसमेत चयन गरेको छ । महासङ्घको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित हुनुभएको छ । कार्यकारिणी समितिमा भएको मतदानमा शिराचनले ४० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिबी बस्नेतले ३१ मत प्राप्त गर्नुभयो ।

शनिबार सम्पन्न महासङ्घको निर्वाचनमा हिराचन वस्तुगत सङ्घबाट र बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको थियो । महासङ्घले आइतबार नै विशिष्ट सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारकालाई चयन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री