शुक्रबार, ७ वैशाख २०८१

कुमारी बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०७७ मंसिर १५ गते ११:१६

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

सोमबार कुमारी बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले कुमारी बैंकको १०.८५ प्रतिशत बोनस शेयर समायोजन गरी बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ। बैंकको हिजोको अन्तिम कारोबार मूल्य अर्थात ३०३ रुपैयाँमा मूल्य समायोजन भएको हो।

कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ। बैंकले आफ्नो रजिष्ट्रार कार्यालय, टंगाल, काठमाडौँमा बिहान साढे ११ बजे सभा डाकेको हो।

त्यस्तै नेप्सेले साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ कायम गरेको छ। आइतबार कम्पनीको शेयर ७५०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ।

त्यसैगरी, रिडी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको शेयरमूल्य १६८ रुपैयाँ कायम भएको छ। कम्पनीको हिजो १७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

रिडी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस तथा सोको कर प्रयोजर्ना ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २६ गते साधारण सभा बोलाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री