बिहीबार, १३ वैशाख २०८१

एन आई सी एशिया बैंकका सञ्चालक संघई उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित

समयपोष्ट २०७७ मंसिर १४ गते १६:१०

Advertisement

एन आई सी एशिया बैंकका सञ्चालक तथा उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आउनुभएका उहाँ त्रिवेणी ग्रुपको निर्देशक हुनुहुन्छ ।

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत उहाँलाई सरकारले ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (Commercially Important Person-CIP) सम्मानबाट विभूषित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री