बिहीबार, १५ चैत २०८०

वडाअध्यक्ष सवार हेलिकप्टरमा चरा ठोकियो, नुवाकोटमा आकस्मिक अवतरण

समयपोष्ट २०७७ मंसिर १४ गते १५:४५

Advertisement

बाग्लुङको गलकोटबाट काठमाण्डौंका लागि उडेको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टरमा आइतबार पौने २ बजे चरा ठोकिएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीर जंग भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

हेलिकप्टर हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको थियो । चरा ठोकिदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री