शुक्रबार, ७ वैशाख २०८१

माछापुच्छ्रे बैंकले पुस २ गते बोलायो साधारणसभा

समयपोष्ट २०७७ मंसिर १४ गते १४:२०

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडले पुस २ गते होटल ग्रान्ड पोखरामा साधारणसभा आह्वान गरेको छ ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते शेयर दाखिल खारेजको दर्ता बन्द गरीसकेको छ। यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा सभामा सहभागि हुन पाउनेछन्।

भिडियो कन्फ्रेन्स मार्फत उपस्थित हुने शेयरधनीहरुलाई मिटिङ्ग आईडि र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकले यसअघि गत कार्तिक ६ गते साधारणसभा बोलाएकोमा कोरोना संक्रमण बढेको र चार्डपर्वकाे बेला परेको भन्दै साधारणसभा स्थगित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री