शनिबार, ८ वैशाख २०८१

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट

समयपोष्ट २०७७ मंसिर १४ गते १३:२९

Advertisement

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ।

आईपीओ आज बेलुका ४ बजे बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँट गरिने छ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जना आवेदकबाट ९४ लाख ९८ हजार ४०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री