शनिबार, ८ वैशाख २०८१

३०७ प्रतिशतले बढ्यो जनरल इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०७७ मंसिर १४ गते ११:४७

Advertisement

जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ७० लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ७ करोड ५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो।

यसैगरी इन्स्योरेन्सको खुद नाफा समेत बढेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३०७.६३ प्रतिशत अर्थात १ करोड ७९ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ५८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट २ करोड ४७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुगेको छ। यस्तै, कम्पनीको जगेडा कोषमा ५ करोड ७२ लाख, बीमा कोषमा ६ करोड २९ लाख र महाविपत्ती जगेडा कोषमा ६३ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल १९ हजार ९२० बीमालेख जारी गरी १९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको २ हजार ७९३ वटा बीमालेखहरु नविकरण भएका छन्।

कम्पनीले कुल १९७ वटा दाबी बापत २ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६१९ वटा दाबी बापत १२ करोड ३४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा र मुल्य आम्दानी अनुपात ३८.६८ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री