बिहीबार, ६ वैशाख २०८१

मोगादिशु विमानस्थलमा आक्रमण, छ जनाको हत्या

समयपोष्ट २०७७ मंसिर १३ गते १३:११

Advertisement

सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ ।सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको बताइएको छ ।

सो आक्रमणमा परी अरु पनि केही नागरिक घाइते भएका छन् । सो आक्रमण यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ । सो आत्मघाती आक्रमण कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन । अधिकारीहरुले यस अक्रमणको पछाडिको कारणको बारेमा खोजी गरिरहेको बताएका छन् ।

सोमालिया सन् १९९० को दशकदेखि हिंसाको शिकार भएको छ । त्यहाँ हरेक महिनाजसो हिंसा भएर कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री