मंगलबार, ११ वैशाख २०८१

युवाहरुलाई डा.भट्टराईको आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ

समयपोष्ट २०७७ मंसिर १३ गते १०:४२

Advertisement

केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि डा. बाबुराम भट्टराईलेगणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् । शनिबार विहान एक ट्विट गर्दै डा भट्टराईले युवासँग यस्तो आग्रह गरेका हुन् ।

‘युवासंग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्,’ भट्टराईको ट्वीटरमा उल्लेख छ ।
अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो विर्सन नहुने उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री