बुधबार, १२ वैशाख २०८१

कोरोना संक्रमणका कारण २५ वर्षीय सुत्केरीको मृत्यु

समयपोष्ट २०७७ मंसिर १२ गते १२:५२

Advertisement

कोरोना संक्रमणका कारण सुत्केरी महिलाको मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी १७ दिनकी २५ वर्षीय सुत्केरी महिलाको बिहीबार राति नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो ।

२५ गते शल्यक्रियामार्फत छोरी जन्माएकी महिलालाई ३० कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री