शनिबार, ८ वैशाख २०८१

यस्तो रह्यो भारतीय विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणको पहिलो दिन

समयपोष्ट २०७७ मंसिर १२ गते ७:२८

Advertisement

भारतीय विदेश सचिव हर्षवद्र्वन श्रृंगलाले बिहीबारबाट नेपालको दुई दिने औपचारिक भ्रमण सुरु गर्नुभएको छ । भ्रमणको पहिलो दिन विदेश सचिव श्रृंगलाले नेपालका परराष्ट्र सचिव भरतराज पौड्याललाई भेट्नुभयो ।

सोही क्रममा विदेश सचिव श्रृंगलाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के पी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटवार्ताहरु सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो । बैठकमा दुई परराष्ट्र सचिवले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवम् समीक्षा गर्नुभयो । उहाँहरुले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यको विविध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा सन्तुष्टि व्यक्त गर्नुभयो ।

यस अवधिमा सीमामा व्यापार र वाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरूको सक्रिय कार्यान्वयन सुनिश्चित गर्न भारत सरकारले खेलेको भूमिकाको नेपाली पक्षले सह्राना गर्यो । दुवै परराष्ट्र सचिवले सीमा सम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमा सम्बन्धी कार्यहरु सम्पन्न गर्ने बारे आफ्ना विचारहरु साटासाट गर्नुभयो । दुवै देशका परराष्ट्र सचिवले उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरूबीच परम्परागत रूपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जनाउनु भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा विदेश सचिव श्रृंगलाले भारतका राष्ट्रपतिको सन्देश सुनाउनु भयो । उहाँहरुले दुई देशबीचको घनिष्ट सम्बन्ध र यसलाई अझ मजबुत बनाउने तरिकाहरु बारे छलफल गर्नुभयो ।

नेपालका प्रधानमन्त्रीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुभयो । वहाँले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र समकक्षी भरतराज पौड्यालसँग भएको फलदायी भेटवार्ताबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

परराष्ट्रमन्त्रीसँगको भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण र द्विपक्षीय आदानप्रदान र सहकार्यको दिशालाई अघि बढाउनेबारे विचार आदानप्रदान भयो । विदेश सचिव श्रृंगलाले कोभिड–१९ को चुनौतीलाई सामना गर्न भारतले गरेको उल्लेख्य प्रगतिबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराउनुभयो । विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगकोअर्को बैठकमा सहभागी हुन पठाउनुभएको निमन्त्रणा पनि सुनाउनुभयो ।

बैठकपछिको एउटा छुट्टै समारोहमा भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गर्नुभयो ।

भारत सरकारले गत अप्रिल महिनादेखि नै कोभिड—१९ विरुद्व लड्न आवश्यक औषधी, उपकरण तथा क्षमता विकासमा नेपाललाई सहयोग पु¥याइरहेको छ । अहिलेको सहयोग पनि त्यसकै निरन्तरता हो । कोभिड—१९ सम्बन्धी हर सहयोग पुर्याउन नेपाललाई भारतको निरन्तर साथ रहने कुराको आश्वासन पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री