बिहीबार, १५ चैत २०८०

परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

समयपोष्ट २०७७ मंसिर ११ गते १६:४१

Advertisement

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ ।

वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको बताए । उनले दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

श्रृंगलालेभने, ‘वार्ता एकदमै उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डाहरु एकदमै वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ ।’

बिहीबारको वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री