बिहीबार, ६ वैशाख २०८१

विविध कार्यक्रमहरु गरी सिभिल बैंकले मनायो दशौँ बार्षिकोत्सव

समयपोष्ट २०७७ मंसिर ११ गते १०:४३

Advertisement

सिभिल बैंकले दशौँ बार्षिकोत्सव मनाएको छ ।

बैंकले बुधबार आफ्नो बार्षिकोत्सवको अवसरमा विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै कोरोना संक्रमितको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न कोरोना संक्रमण भई निको भएका बैंकका कर्मचारीहरुले प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजनको ब्यवस्था गरेको छ ।

बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबिनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गर्नु भएको थियो । बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक , नियमनकारी निकाय,मिडियाकर्मी , शेयरधनी तथा प्रबद्र्धक मित्रहरु तथा अन्य सम्पूर्ण शुभचिन्तक प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री