बिहीबार, १५ चैत २०८०

कोरोना भाइरस संक्रमणबाट थप २८ जनाको मृत्यु

समयपोष्ट २०७७ मंसिर १० गते १६:३८

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २८ जनाको ज्यान गएको छ । यससंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १३८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३१४० जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री