बुधबार, ५ वैशाख २०८१

एन आई सी एशियाको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता, यसरी सहभागि बन्नुहोस्

समयपोष्ट २०७७ मंसिर १० गते १६:१७

Advertisement

एन आई सी एशिया बैंकले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरूका लागि ‘ फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।

बैंकले २०७८ को क्यालेण्डरमा उहाँहरुले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो ।

यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

यस प्रतियोगितामा सहभागी हुँन Season, Hope & Positivity, Lifestyle र Friendship विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नुहुनेछ भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,००० नगद रकम पुरस्कार प्रदान गर्ने जनाएको छ । यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ ।

प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० DPI र ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री