बिहीबार, १३ वैशाख २०८१

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूको सबै शाखाबाट भुक्तानी गर्न मिल्ने

समयपोष्ट २०७७ मंसिर १० गते ११:००

Advertisement

कर्मचारी संचय कोषबाट कर्जा तथा सापटी लिएका ग्राहकहरुले कोषको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ ।

बैंकले बिहीबारबाट कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने सुविधा ल्याएको जनाएको छ ।

यस सुबिधाबाट ग्राहकहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री