शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एशियाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

समयपोष्ट २०७७ मंसिर ९ गते ११:५९

Advertisement

एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बुधबारदेखि बुकक्लोज गर्ने भएकोले मंगलबारसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९ करोड ७१ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश वितरणको प्रस्ताव पारित गर्न बैंकले मंसिर २१ गते साधारण सभा डाकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री