बुधबार, १२ वैशाख २०८१

४०.७२ प्रतिशतले बढ्यो प्राइम लाइफको खुद बीमा शुल्क, खुद नाफा कति ?

समयपोष्ट २०७७ मंसिर ८ गते २०:३७

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.७२ प्रतिशतले खुद बीमा शुल्क बृद्धि गरेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको तुलनामा ३१ करोड १७ लाख रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा इन्स्योरेन्सले ७६ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्कसंगै इन्स्योरेन्सले खुद नाफा पनि बृद्धि गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले २०.४७ प्रतिशतले खुद नाफा बृद्धि गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १२ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोषको रकम ३१ प्रतिशतले बढेर १२ अर्ब ३७ लाख रुपैयाँ पुगेको छ । ११ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी बढेर १४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जुन २४.४१ प्रतिशतले बढी हो ।

त्यस्तै, इन्स्योरेन्सको खुद सम्पत्ती ३ अर्ब १७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । जुन ४.२१ प्रतिशतले बढी हो । समिक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर २१.३९ रुपैयाँ पुगेको छ । जुन गत आवको असोज मसान्तमा प्रतिकित्ता १९.९७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.९७ गुणा छ ।

इन्स्योरेन्सले हालसम्म १७ लाख १७ हजार ४२८ वटा बीमालेख जारी गरी कुल १९ अर्ब ५२ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, ६७९ वटा दाबी बापत कूल २९ करोड २८ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४४ वटा दाबी बापत एक करोड १ लाख ७४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध रि इन्सयोरेन्स कम्पनी हेनोभररीसंग गरेको कम्पनीकाे चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ९० करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री