शुक्रबार, ७ वैशाख २०८१

एनएमबि बैंकमा २४ अ‍ै घण्टा र ७ अ‍ै दिन भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने

समयपोष्ट २०७७ मंसिर ४ गते १९:४५

Advertisement

एनएमबि बैंकले घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा ल्याएको छ ।

बैंकका अनुसार उक्त सेवामार्फत ग्राहकहरुले २४ अ‍ै घण्टा ७ अ‍ै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुने र डिपोजिट पनि तुरून्तै हुनेछ ।

बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन रु. ५,००० सम्म हुने व्यवस्था गरिएको छ ।

ग्राहकवर्गले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट रु.५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेशा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री