शनिबार, ८ वैशाख २०८१

नेपाल बैंक लिमिटेडको १९२औं शाखा दाङ्गको लमहीमा

समयपोष्ट २०७७ मंसिर ४ गते १९:३८

Advertisement

नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले कार्तिक ३० गते आईतवार लक्ष्मीपूजाको अवसर पारेर उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी ब्यवशाय कर्जाको सुरुवात गरेको जानकारी गराउनु भयो । बार्षिक ६.९९% मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी ब्यबशाय कर्जाको सिमा रु. १० करोड सम्मको रहेको, व्यवशाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १००% सम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८०% सम्म लगानी गर्नसक्ने छ ।

ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै बैंकले अत्याधुनिक बैंकिग सेवा सुविधाहरु मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदानगर्दै आईरहेको छ । यसका अतिरिक्त अधिकारीले दाङ्गजिल्लामा बैंकको शाखा संजाल बिस्तार गर्न आफुसमेत लागिपरेको र अत्याधुनिक बैंकिङ्ग सेवाहरु, बिभिन्न प्रकारका कर्जाहरु, एल.सी. तथा ग्यारेण्टी सुबिधाहरु, एटिएम, डिजिटल बैंकिङ्ग सेवाहरु आदी प्रतिस्पर्धि एबं नेपालको बैकिङ्ग ईण्डस्ट्रीमै सस्तो दररेटमा उपलब्ध गराउने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा लमही नगर पालिकाका प्रमुख (मेयर) कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापना हुनु लमहीबासीहरुको गर्वको कुरा भएको, यस शाखाको संचालनले बिभिन्नकार्यका लागी ने.बे.लि.को घोराही शाखासम्म पुग्नुपर्ने अबस्थाको अन्त्यहुने बताउनुभयो । यसले नगरबासीहरुको तथा देउखुरी क्षेत्रका बिभिन्न कार्यालयहरु, कर्मचारीहरु, कर्जा ग्राहकहरु, बिद्यालयहरु आदीको ठूलो श्रम तथा समयको बचत हुने, लमही नगरपालिकाले बिभिन्न सहकार्य गर्दै जाने र सहुलियतपूर्ण कर्जाहरु यसैबैंकको माध्यमबाट उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिनुभयो । नेपाल बैंकद्वारा प्रतिस्पर्धी, छिटोछरितो सेवाप्रवाह, ग्राहक मैत्री वातावरण लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बारेमा पनि उहाँले जोड दिनुभयो ।

बैंकका लमही शाखाका शाखा प्रबन्धक नोर्बु लामाको सभापतित्वमा आयोजित उक्त कार्यक्रम बैंकका तुल्सीपुर शाखाका शाखाप्रबन्धक बिश्वराज अधिकारीले गर्नु भएको थियो भने बैंकका सिसहनिया शाखाका शाखाप्रबन्धक प्रशन्न धितालले स्वागत मन्तब्य राख्नु भएको थियो । नेपाल बैकका लुम्विनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ्ग दोर्जे शेर्पाले बैंकका नयाँ प्रडक्टहरुको बारेमा जानकारी गराउँदै छिटो छरितो रुपमा गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रण गर्नुभयो । उक्त कार्यक्रममा लमहीका उद्योगी/ब्यबशायी नारायण डाँगी (छम्पाली), लमही उ.वा.संघका पूर्व अध्यक्षतथा राप्ती फिड ईण्डस्ट्रीज प्रा.लि.का अध्यक्ष लिलाराज खनाल, खानेपानी संस्था लमहीका सचिव सनम पौडेल, लमही न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिम बहादुर के.सी. लगायतका वक्ताहरुले आ-आफ्नो बिचार राख्दै लमही शाखाले उत्कृष्ट सेवाप्रदान गरी नगरबासीहरुलाई सम्पूर्ण प्रकारका बैंकिङ्ग सेवाहरु प्राप्तगर्ने अवसर मिल्ने अपेक्षा प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री