शुक्रबार, १४ वैशाख २०८१

सानिमा बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत् लाभांश पारित

समयपोष्ट २०७७ कार्तिक २८ गते १५:४९

Advertisement

सानिमा बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सफलता पूर्वक सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारणसभामा विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु. १.७८ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री