शनिबार, ८ वैशाख २०८१

युनिलिभर नेपालका प्रवन्ध निर्देशकमा आशिष राय नियुक्त

समयपोष्ट २०७४ मंसिर १४ गते ६:४६

युनिलिभर नेपालका प्रवन्ध निर्देशकमा आशिष राय नियुक्त भएका छन् । कम्पनीका अनुसार रायले गत मंगलाबार जिम्मेवारी सम्हालेका हुन् । यस अघिका प्रवन्ध निर्देशक सुयस चौहानले गत कात्तिक २८ गते राजीनामा दिएपछि उनको स्थानमा राय नियुक्त भएका हुन् ।

Advertisement

राय सन् २०१५ यता हिन्दुस्थान युनिलिभरमा दक्षिण भारतका लागि महाप्रबन्धक थिए। उनले सन् २००६ मा कि एकाउन्ट म्यानेजरको रुपमा युनिलिभर जोइन गरेका थिए।हिन्दुस्थान युनिलभिरमा उनको बार्षिक तलब दुई करोड २ करोड २७ लाख रुपैयाँ (एक करोड ४२ लाख ६९ हजार भारु) थियो। रायले इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट बिई र दिल्ली विश्वविद्यालयबाट मार्केटिङमा एमबिए गरेका छन्।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री