मंगलबार, ११ वैशाख २०८१

निर्वाचनको मुखैमा कार्यकर्तालाई बाड्यो सरकारले १६ करोडः औसतमा एकजनालाई कति पर्‍यो ?

समयपोष्ट २०७४ मंसिर १४ गते ३:०८

निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताका नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । 

Advertisement

यो वितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकम मात्र हो । सरकारबाट आर्थिक सहायताका नाममा रकम  बुझ्ने कार्यकर्ताले औसतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ रुपैयाँ बुझेको छ । 

सीधै मन्त्रिपरिषदले यतिजनालाई यतियति रकम दिनु भनी निर्णय गरी पठाउँछ जसलाई हामी रोक्न सक्दैनौं अर्थ मन्त्रालय स्रोतले भन्यो हामीले मन्त्रिपरिषदको निर्णयअनुसारको रकम निकासा गरिदिन्छौं । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री