बिहीबार, १३ वैशाख २०८१

सेयर बजारमा दोहोरो अंकको बृद्धि

समयपोष्ट २०७४ मंसिर १३ गते ९:२६

बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक १२.२६ अंकले बद्धि भई १५३६.१२ विन्दुमा पुगेको छ । आज १ सय ६३ कम्पनीका २० लाख कित्ता सेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ । आज बुटवल पावर कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भयो । 
उत्पादनमुलक समुह ३२.१२ अंकले घटेको छ भने आज अन्य सबै समुह बढेका छन् । बाणज्य बैंक समुह ८.५९,ब्यापार २.८८,होटल ५१.३९,विकास बैंक १३.२२,जलविद्युत ९.६१,फाईनान्स ५.६४,बिमा १००.२४,अन्य ३.१८ र लघुवित्त ४१.६२ अंकले बढेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री