मंगलबार, ४ वैशाख २०८१

हिमालयन डिष्टीलरीको सेयर कारोबार खुल्यो

समयपोष्ट २०७४ मंसिर १३ गते ७:०६

संचालक समितिले लाभांसको बिषयमा गरेको निर्णय ढिलो गरी नेप्सेमा पठाएको भन्दै रोक्का गरिएको हिमालयन डिष्टीलरीको सेयर कारोबार बुधबारदेखी फुकुवा भएको छ  ।  नेप्सेले इन्साइडर ट्रेडिगको आशंकामा गत ७ गतदेखि रोक्का गरेको कारोबार आजबाट फुकुवा गरेको हो । 

Advertisement

डिष्टीलरीको संचालक समितिले गत कात्तिक २९ गते गरेको लाभांस सम्बन्धीको निर्णय मंसिर ६ गते मात्र नेपाल स्टकएक्सचेञ्जमा जानकारी गराएको थियो । उक्त बैठकले साधारण सभाको मिति तय गर्दै लगानीकर्तालाई २१.०५ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको थियो ।

nep

प्रतिक्रिया

सम्बन्धित सामाग्री