शुक्रबार, १६ चैत २०८०

किसान माईक्रोफाईनान्सको १ हजार ३५१ कित्ता सेयर लिलामीमा

समयपोष्ट २०७४ मंसिर १३ गते ४:३६

किसान माईक्रोफाईनान्सले हकप्रदमा अवितरित सर्बसाधारण समूहको १ हजार ३५१ कित्ता सेयर लिलामीमा राखेको छ । कम्पनीको लिलामी सेयरमा लगानीकर्ताले मंसिर १३ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

Advertisement

 ईच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।माइक्रोफाइनान्सको लिलामी सेयरका लागि सिभिल क्यापिटलको कार्यालय सुन्धारा, सिभिल बैंकका बिराटनगर, बीरगञ्ज, नारायणगढ, पोखरा बुटबल र नेपालगञ्ज शाखाबाट पनि आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री