बिहीबार, १३ वैशाख २०८१

ग्लोबल आईएमईले ग्रामिण भेगको जीवनस्तर सुधार्न सहुलियत कर्जा दिने

समयपोष्ट २०७४ मंसिर १३ गते ४:३२

ग्लोबल आईएमई बैंकले सहुलियत व्याजदरमा कर्जा प्रबाह गर्ने भएको छ । बैंकले ग्रामिण भेगको जीवनस्तर सुधार्न जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत के.एफ.डब्लु डेभलपमेन्ट बैंकको बित्तीय तथा प्राविधिक सहयोग माफर्त कर्जा उपलब्ध  गराउने भएको हो । मंगलबार ग्लोबल आइएमई बैंक, के.एफ.डब्लु डेभलपमेन्ट बैंक, अर्थ मन्त्रालय र राष्ट्र बैंक बिच सहुलियत ऋण प्रदान गर्ने विषयमा सम्झौता भयो । 

Advertisement

बैंकले नेपालको दिगो तथा ग्रामिण बिकास कार्यक्रम अर्न्तगत सहुलियत व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने  छ ।  बैंकले ग्रामिण भेगका उद्यमी व्यवसायीहरुलाई न्युनतम दुई लाखदेखि ४० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ । यसबाट नेपालका ग्रामिण भेगका उद्यमी व्यवसायीहरुले सर्व सुलभरुपमा कृषि कर्जा प्राप्त गर्न सक्ने बताईएको छ । 

केएफडब्लुले उपलब्ध गराउने पाँच मिलियन युरोमध्ये चार मिलियन युरो सहुलियत ऋण र एक मिलियन युरो भने बैंकको ऋण लगानी पूर्वाधार सुधार, तालिम, प्रडक्ट पेपर डिजाइने, परियोजना सञ्चालनका लागि खर्च हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री