शुक्रबार, ७ वैशाख २०८१

अझै पुगेनन् सदरमुकाम ७१ स्थलका मतपेटिका

समयपोष्ट २०७४ मंसिर १३ गते २:४२

निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ।

Advertisement

आयोगले पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न ३२ जिल्लामध्ये  २६ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइसकिएको र बाँकी मतपेटिका ल्याउने काम भइरहेको जानकारी मंगलबार दिएको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार ६ जिल्लाका ७१ स्थलका मतपेटिका सदरमुकाम पु¥याउन बाँकी छ। 

पहिलो चरणअन्तर्गतका २ हजार ९ सय १७ मतदान स्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २० मुगुका १०, जाजरकोटका २५ र दार्चुलाको एक ठाउँको मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको उनले बताए । मौसमलगायतका समस्याका कारण केही स्थलको मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भइरहेको र बुधबारसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसकिने आयोगले जनाएको छ। आजको नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री