मतदानको ठिक १० दिन मात्र बाँकी रहदा वाम गठबन्धनका उम्मेदवारको उम्मेदवारी रद्ध
निर्वाचन आयोगले शनिबार सर्लाही क्षेत्र नम्बर ४ वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको छ । उनीविरुद्ध स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी गरेका थिए ।
सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ मागेको थियो । सर्वोच्चलाई जवाफ पठाउनुअघि नै आयोगले शिवपुजनको उम्मेदवारी खारेज गरेको हो ।
पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद रहेका रायलाई कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध परेको पुनरावेदन सर्वोच्चमा अझै विचाराधीन छ । यादवको उम्मेदवारी खारेजसंगै उक्त क्षेत्रमा वाम गठबन्धनको उम्मेदवार नै नहुने भएको छ । अब सर्लाही-४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।
प्रतिक्रिया