मंगलबार, ११ वैशाख २०८१

माईनस ९ डिग्रिमा ४ घन्टा हिँडेर मतदान

समयपोष्ट २०७४ मंसिर ११ गते ३:३८

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार-फु गाउँपालिका ३ कि फुर्वा लामा आईतबार बिहान करिब ४ घन्टा उकालौ हिँडेर मतदान गर्न पुगिन् ।  बिहान ६ बजे नै मुटु काँप्ने चिसोमा उकालौ लागेकी उनी १० बजे मतदानस्थलमा पुगिन् । 

Advertisement

लामा घरबाट हिँड्दा त्यहाँको न्युनतम तापक्रम माईनस ९ डिग्रिजति थियो ।  मनाङका नार र फु लाई छुट्याउने विन्दु मेतामा होटल थापेकी लामा भोट हाल्नकै लागि उत्साही हुँदै नागरको साम्दोछिरिङ गुम्बाको मतदान केन्द्र पुगेकी थिईन् । 

उनजस्तो मेताका धेरै मतदाता मतदानका लागि माथि नार पुगेका थिए । कोहि त मतदानमा भाग लिन शनिबार नै बास बस्नेगरी माथि नार पुगिसकेका थिए । तर, काले व्यस्त हुँदा लामाजस्ता अरु मतदाता विहानी चिसोलाई बेवस्ता गर्दै मत हाल्न पुगेका थिए । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री