शुक्रबार, १६ चैत २०८०

टेलिकमले ०१२३४५६, १२३४५६ नम्बरबाट फोन आए रिसिभ नगर भन्नुको कारण यस्तो रहेछ

समयपोष्ट २०७४ मंसिर १० गते १०:३८

नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको हो ।  

Advertisement

टेलिकमले आफ्ना ग्राहकको नम्बरमै ग्राहकलार्इ १२ बजेर ५४ मिनेटमा एसएमएस पठाएर सचेत रहन आग्रह गरेको छ । टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले अपरिचत नम्बरबाट मोबाइल प्रयोगकर्तालार्इ चिठ्ठा परेको भन्दै ठगेको पाइएपछि ग्राहकलार्इ सचेत बनाउन म्यासेज गरिएको बतार्इन्। वैद्यले भनिन् ,‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’

उनले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसनधान भइरहेको र पटक-पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन् । ‘ टेलिकमले अपरिचत नम्बरबाट फोन आएमा ग्राहकले १८८मा उजुरी समेत दर्ता गर्न सक्ने उनले बतार्इन् । हाल विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री