शुक्रबार, १६ चैत २०८०

अष्ट्रेलियामा साम्राज्ञीको हट पहिरन

समयपोष्ट २०७४ मंसिर १० गते ६:१९

 ‘ए मेरो हजुर २’ को अष्ट्रेलिया प्रिमियरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह हट पहिरनले चर्चा पायो । फिल्मकी निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित प्रिमियरमा सनिवार सयौं दर्शक सहभागी थिए ।

Advertisement

साम्राज्ञीको हट पहिरनले प्रिमियर माहोल गर्माएको थियो । उनको बोल्ड अन्दाजले सबैलाई मन्त्रमुग्ध बनायो । कलाकारले लगाउने पहिरन, उनीहरुको शैलीले पनि मिडियामा एक प्रकारको हाइप बनाउँछ ।
 
अष्ट्रेलियाको इभेन्ट सिनेमामा आयोजना गरिएको प्रिमियरमा फिल्मलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको निर्देशक झरनाले बताइन् । उनका अनुसार, ‘ए मेरो हजुर २’ को अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन हुनेछ । प्रिमियरमा झरना र साम्राज्ञी आकर्षणको केन्द्रविन्दु बनेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री