मंगलबार, ११ वैशाख २०८१

पञ्चकन्या माई हाइड्रोपावरलाई सेयर निष्कासन गर्न अनुमति,अब स्थानीयलाई १० प्रतिशत सेयर

समयपोष्ट २०७४ मंसिर १० गते ५:१६

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

Advertisement

कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

रु एक सय अङ्कित ११ करोड बराबरको ११ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । सेयर निष्कासन गर्न आवेदन गरेको पाँच महिनापछि बोर्डबाट स्वीकृत भएको कम्पनीले जनाएको छ ।

बोर्डको स्वीकृतिसँगै सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सनराइज क्यापिटलले सूचना जारी गरेर सेयर बिक्री खुलेको जानकारी गराउने उनले बताए । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ ले गत असारबाट विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि सञ्चालनमा छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री