बिहीबार, १५ चैत २०८०

मतदातालाई देउताको ‘कसम’: जितेर गएपछि नेताले चिन्दैनन्

समयपोष्ट २०७४ मंसिर १० गते ३:१०

चन्दननाथ नगरपालिका-१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे । साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे । देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए ।

Advertisement

तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन । उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घन्ट छुन लगाए ।

देवकोटा परिवारले घन्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए । आफूले पुज्ने देउताको घन्ट छोएपछि यो परिवारका सदस्यले वाचाअनुसार नै मतदान गर्ने भएका छन् ।

घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लोपटक स्थानीय चुनावमा पनि घन्ट छुन लगाएका थिए । त्यसबेला पनि हामीले वाचाअनुसार नै भोट दियौं । यसपालि पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँ-बायाँ गर्दैनौं ।’

चन्दननाथ-८ निवासी हरिकला शाहीले सबै दलका मान्छे मोट माग्न आएको तर माओवादीका मान्छेले घन्ट छुवाएको बताइन् । ‘भोट त एउटालाई दिनै पर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’, उनले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं तर माओवादीका मान्छेले घन्ट छुवाएका छन् ।

अब वाचा गरिसकेपछि धोका दिनु त भएन नि !’ उनले आफ्नो टोलका अधिकांशलाई नेताले देउता साक्षी राखेर भोट मागेको जानकारी दिइन् ।  आजको अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री